नक्कली नोटसहित ९ जना पक्राउ, ५२ लाख ७५ हजार नक्कली रुपैयाँ बरामद
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/08/Photo-7.jpg)
काठमाण्डौ । नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोट सहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो । बिहीबार नागढुंगा चेकप्वाइन्टमा पर्यटकबसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा ३५ गड्डीमा पैंतिस लाख त्रिहत्तर हजार फेला परेको थियो । थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोट सहित संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाञ्चोक घर भएका अर्जुन सुबेदी, शुशिल कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्री कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीका पार्वती नेपाली रहेका छन् । उनीहरुबाट पेपर कटर मेसिन , कलर प्रिन्टर थान, प्रिन्ट पेपर रिम लगाएतक सामाग्री बरादम गरिएको छ । पक्राउमा परेका व्यक्तिहरु उपर मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन– ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया