प्रचण्डले पाकिस्तानी मोडेलको राजनीति गरेका छन् : केपी ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको बताए । अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे ।
ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे पनि प्रश्न उठाएका छन् । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले आफै खाएको ओलीको आरोप छ । त्यसैगरी उनले सरकारले सुन प्रकरणमा छानबिन समिति बनाउन नदिएर आँफै छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको टिप्पणी गरेका छन् । यही सरकारको पालामा २२ पल्ट सुन तस्करी भएको र एक पटक समातिएको उल्लेख गर्दै उनले छानबिनका लागि समिति बनाउनुपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया