ब्रेक शु भित्रको सुन यस्तो देखियो, अब पगालेर जोखिने

काठमाण्डौ । राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु गरेको छ । सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो । ब्रेकसु कै आकारमा रहेको सुनको बाहिर पट्टी कालो रंग लगाइएको पाइएको छ ।
टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो । ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । सुन गालेर परिक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उनले बताए । सिआइवी, राजस्व र राष्ट्र बैंक केन्द्र र टक्सारका प्रतिनिधिको टोलीको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने, परिक्षण र जोख्ने काम हुने आचार्यले बताए ।
आज सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ । एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको छ ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सुसहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइसकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सकिनेछ ।
साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया