Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

चर्चा एक क्विन्टलको, जोख्दा ६१ किलो नि पुगेन


काठमाण्डौ । बरामद भएको २७ दिनसम्म सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित १७ जना हिरासतमा छन् । आज मात्र सिआईबीले चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा २ नेपालीसहित १ जना चिनियाँ महिलालाई पक्राउ गरेको छ । तर ४ हप्ता बितिसक्दा नेपाललाई सुन तस्कारीको ट्रान्जिट पोईन्ट बनाउने नाईके को हो ? खुल्न सकेको छैन । यता राष्ट्र बैंकको टक्सार महाशाखाले भने ढिलै भएपनि सुन जोखेको छ। झण्डै एक क्किन्टल सुन रहेको आकलन गरिए पनि ब्रेक शुबाट निकालेर जोख्दा भने ६० किलो ७७९ ग्राम मात्र रहेकोे टक्सार महाशाखाले जनाएको छ ।

हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण सुरुमा एक सय किलो भनेर प्रचार गरिए पनि आज जोख्दा करिब ६१ केजी पाइएको हो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode