Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ललिता निवास जग्गा प्रकरण : सीआईबीले क–कसलाई बनायो प्रतिवादी ?


ललितपुर । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो ।

यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई सजाय गर्न माग गरिएको छ। पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ। तर उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए। कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ। उनीहरुले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेका छन्।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode