Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

सांस्कृतिक पर्व गाईजात्राको रौनक (तस्विर)


काठमाण्डौ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । सो अवसरमा काठमाडौंको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ ।

भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने गर्छन्। उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ। इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गर्नुभएको हो । उहाँले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।

राजा मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । गाईजात्रामै विभिन्न प्रहसन तथा हास्यव्यंग्यात्मक कार्यक्रम गरेर मनाउने गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode