Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

लोकगायक थापाको उपचारका लागि रात्रीकालिन मनोरंजन ब्यबसायी संघले गर्‍यो ५१ हजार आर्थिक सहयोग


ललितपुर । उच्च रक्तचापका कारण अस्वस्थ भई आइतबारदेखि अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचाररत लोकगायक तथा सर्जक रेशम थापा लाई रात्रीकालिन मनोरंजन ब्यबसायी संघले ५१ हजार आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय संगीतकर्मी सघंका संस्थापक एबम् पुर्व अध्यक्ष समेत रहेका थापा रक्तचापका कारण ढलेका थिए उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको छ भने मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उपचारका लागि ठूलो धनराशि खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै संघले रेशम थापा बचाउ अभियान सञ्चालन गरेर उनको उपचारमा सहयोगको अपिल गरेको थियो ।

थापा लाई उपचारमा केही मदत पुगोस भन्ने उदेश्यले रात्रीकालिन मनोरंजन ब्यबसायी संघले विहिवार अस्पतालमा पुगेर रकम हस्तान्तरण गरेको थियो । सघंका महासचिव सगुन अधिकारी ,वरिष्ठ उपाध्यक्ष दिनेश थापा ,प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ र कोषाध्यक्ष राजकुमार कार्काीले रकम हस्तान्तरण गदै स्वाथ्यलाभको कामना गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode