पशुपतिमा तीजको रौनक (तस्वीरहरु)
ललितपुर । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ
यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया