शिक्षक आन्दोलनको दोस्रो दिन : यातायात आवागमन अस्तव्यस्त
ललितपुर । नेपाल शिक्षक महासंघको आह्वानमा सरकारी शिक्षकहरूले दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर शिक्षकहरू नयाँ बानेश्वरतर्फ लागेका हुन् ।
विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरू हिजोदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठन पाठन अवरुद्ध बनेको छ ।
काठमाडौं महानगरका सबै सरकारी विद्यालय बन्द भएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूले बताएका छन् । सरकारसँग भएका छलफल सकारात्मक नभए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन् । शिक्षकको आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया