Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

बिजनेस फोरममा प्रचण्डको सम्बोधन : नेपाल अब गरिब मुलुक रहिरहने छुट छैन


चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले बेइजिङमा संयुक्त रूपमा आयोजना गरेको नेपाल चाइना बिजनेस फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।

नेपाल र चीनको इतिहास र मित्रता पाँचौं शताब्दीदेखि सुरु भएको र हाल उचाइमा रहेको उनले बताए । नेपाल र चीनबीचको व्यापार बढिरहेको भन्दै प्रचण्डले खुसी व्यक्त गरे । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको छलफलपछि नेपाल चीन सम्बन्ध थप उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन्। छलफलले नेपालको विकासको लागि राम्रो विश्वासको वातावरण बनेको बताउँदै भ्रमणपछि दुई देशको सम्बन्ध अझ बलियो हुने जिकिर गरे । उनले संविधान जारीपछि अब नेपालको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए ।

कार्यक्रममा चीनका वाणिज्य उपमन्त्री ली फीले नेपालको लगानी तथा व्यापार प्रवद्र्धनका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली उत्पादनहरूलाई चिनियाँ इ–कमर्सहरू मार्फत बजारीकरण गर्न चीनले प्रयास गरिरहेको पनि बताए ।

नेपाल र चीनबीच टिंकर र मुगु सीमामा यातायात पूर्वाधार बनाउने गरी काम भइरहेको जानकारी पनि दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल ठूला छिमेकीहरूको तुलनामा सानो देखिए पनि विश्वमा जनसंख्याका हिसाबले ४९औं ठूलो मुलुक भएकाले नेपालमा लगानी बढाउन अनुरोध गरे ।

यो समिटमा १२० चिनियाँ कम्पनी सहभागी थिए । नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघ प्रतिनिधि सहित नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका सहित ५० व्यवसायी सहभागी छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode