ओलीलाई जनयुद्ध दिवस : सत्तामा हुँदा ठीक, प्रतिपक्षमा हुँदा बेठीक

काठमाण्डौ । अघिल्लो वर्षको पुष १० गते प्रधानमन्त्री बनेका प्रचण्डले माग ३ गते मन्त्रीमण्डल विस्तार गरेर २३ सदस्यीय पुर्याएका थिए । त्यसबेला सबैभन्दा धेरै मन्त्री नेकपा एमालेका ८ जना थिए । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेले उपप्रधानसहित ८ मन्त्रालय लिएको थियो ।
त्यही मन्त्रीमण्डलले जनयुद्ध दिवस फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सत्ता गठबन्धनको नेतृत्व गरेको एमालेका अध्यक्ष केपी ओलीले त्यसबेला जनयुद्ध दिवसबारे चुप लागेर बसेका थिए । सत्तामा हुँदा र नहुँदा नेताको बोली कसरी फेरिन्छ भन्ने उदाहरण उनै ओलीले देखाएका छन् । सरकारमा सहभागि हुँदा जनयुद्ध दिवस स्विकार गरेका ओलीले अहिले प्रतिपक्षको भूमिकामा रहँदा भने अस्विकार गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई हिंसा दिवस मात्रै भनेनन्, उक्त दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन मागसमेत गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर त्यसको लागि छुट्टि भनेर बिदा घोषणा गर्नुभयो । एक वर्ष मात्रै होइन सधैंका लागि । यो बिदा घोषणा मान्य छैन ।’
उनले कांग्रेसले आफ्नो नेता कार्यकर्ता मारिएको भएपनि सरकारमा जान सबै छाडेको टिप्पणी गरे ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया