प्रतिनिधिसभामा केपी ओलीको झण्डै २ घण्टा भाषण : सरकार र सत्ता गठबन्धनको चर्को आलोचना

काठमाण्डौ । प्रतिनिधिसभामा झण्डै २ घण्टा भाषण गरेका ओलीले सरकार र सत्ता गठबन्धनको चर्को आलोचना गरे । ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको आरोप लगाए । जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाँउ नै नरहेको उनको भनाई थियो । त्यस सन्दर्भमा उनले कानुनमन्त्री धनराज गुरुङलाई राम्रैसँग कटाक्ष गरे ।
अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गरे । ललिता निवास प्रकरण र सुन तस्कर काण्डले सरकारलाई हैरान पारेको भन्दै उनले प्रतिपक्षीलाई तर्साउनका लागि बिभिन्न प्रकरण ल्याएको दाबी गरे ।
सम्बोधनका क्रममा ओलीले आफु प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाए । त्यस्तै ओलीले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रुपमा चीन भ्रमण लम्बाएको आरोप लगाए । संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय महत्वका विषयमा नबोलेको जिकिर गरे । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको चासोका विषय नराखेको ओलीको भनाइ थियो ।
ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् । सरकारले हिंसालाई प्रोत्साहित गरेको ओलीको भनाई छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया