Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित


ललितपुर । निर्माण व्यवसायी संघ ललितपुर जिल्लाको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । निर्माण व्यावसायी संघको १४ औं साधारणसभा तथा सातौ अधिवेशन ललितपुरको ललितपुर पार्टी प्यालेशमा शुक्रबार र शनिबार भएको निर्वाचनमा महर्जनसहित १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका छन ।

उक्त निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहन कृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा जनजाति तर्फबाट सदस्यमा कृष्ण कुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको निर्वाचन अधिकृत विदुर बहादुर घिमिरेका अनुसार पदाधिकारीमा ८ र सदस्यमा ११ जना गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबी विरोध नपरेको हुँदा उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode