सरकार र दलहरुको आलोचना बढेपछि नेताहरु एकजुट, सिंहदरबारमा छलफल (तस्विर)
काठमाडौं । शान्ति सम्झौता गर्ने प्रमुख दलका शिर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रती नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका छन् । साथै प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय सरकार र दलहरुको आलोचना बढेपछि नेताहरु एकजुट भएका हुन् ।
तस्विर :
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया