Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सन्दिपको मुद्दामा सुनुवाइ भएन, दुवै पक्षसँग बहस नोट माग्ने आदेश


काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो । मंसिर २२ सम्म बहस नोट माग्न आदेश दिएको छ भने मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक–पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो । यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए ।

पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् । काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो । सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ । बहस नोट झिकाएसँगै अब भने अन्तिम सुनुवाइ अगाडि बढ्ने सम्भावना बढेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode