Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

आज म्हः पूजा


ललितपुर । तिहारको चौथो दिन मंगलबार म्हः पूजा र गोवर्धन पूजा गरी मनाइँदै छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरूले आत्म ९म्हः० पूजा गर्ने गरेका छन् । यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ । देशभरका धेरै नेवार समुदायले भने आज मंगलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः ९आत्म० पूजा गर्दैछन् ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्‌को नयाँ वर्ष र आत्म ९म्हः० पूजा आज गर्नुपर्ने जनाएको छ ।

सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्हः पूजा’ गर्ने चलन छ । म्हः पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । ‘म्हः’ को अर्थ शरीर हो । त्यसैले शरीरको पूजा नै म्ह पूजा हो ।

नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक छ । यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । अचेल यो क्रम पनि बढ्दो छ ।

म्हः पूजाको के छ महत्त्व

यस दिन गोवर्धन भनी गोवर्धन, बहर र बलिराजाको पनि पूजा गरिन्छ । द्वापरयुगभन्दा पहिले गोकुलवासीहरूले देवराज इन्द्रको पूजा गर्ने चलन थियो । द्वापरयुगमा भगवान् कृष्णले गोकुलवासीहरूलाई इन्द्रको पूजा गर्न बन्द गर्न लगाई गोवर्धन पूजा गर्न लगाएका थिए । यसले गर्दा स्वर्गको राजा इन्द्र रिसाई ठूलो वर्षा गराएका थिए । तर कृष्णले भने गोवर्धन पर्वतलाई नै उचाली गोकुलवासीहरूलाई त्यस वर्षाबाट बचाई इन्द्रको घमण्ड चुर गरेका थिए । त्यसपछि इन्द्र आफैं आएर भगवान् कृष्णको दर्शन गरेको र त्यसै समयदेखि गोवर्धन पूजा गर्ने प्रचलन रहेको पौराणिक कथन छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode