Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

टिकटक प्रतिबन्धबारे प्रधानमन्त्री- सामाजिक सद्भाव बलियो बनाउन सबैको सहमतिमा निर्णय गरेका हौँ


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय गरिएको बताएका छन् ।

नेपाल संवतको अवसरमा मंगलबार बिहान भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक अराजकता नियन्त्रणका लागि टिकटकमा प्रतिबन्ध लगाएको बताएका हुन् । लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको उनले बताए ।

समाजमा विसंगति, विकृति र अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरूपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो,उनले भने, यसमा बहस हुँदै जाला,पक्ष विपक्षमा कुरा आउँलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो । अहिले केहीलाई चित्त नबुझेको भए पनि यसरबारे बहस र छलफल हुँदै जाने उनले बताए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode