Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

ओलीको आक्रोष: राष्ट्रपति पौडेलदेखि प्रधानमन्त्री प्रचण्ड र दुर्गा प्रसाई निशानामा


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको प्रतिनिधि भएर गएको आरोप लगाएका छन् । एमाले कार्यालय च्यासमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति निष्पक्ष हुन नसकेको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताएका हुन् ।

ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाएको र संविधान सिध्याउनेतर्फ लागेको उल्लेख गरे । त्यस्तै उनले पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादीको प्रतिनिधि भएर जाजरकोट गएको आरोप लगाए ।

अध्यक्ष ओली सरकारका काम कारबाहीप्रति पनि आक्रामक सुनिए । विकास निर्माणमा भन्दा पनि गुन्डाहरूको संरक्षणमा सरकारको रुचि देखिएको उनको आरोप थियो । सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दा पनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको ओलीले बताए । भएका फैसला नमानने हो भने अदालत किन चाहियो ? भन्दै ओलीले सरकाप्रति प्रश्न तेस्र्याए ।

ओलीको निशानामा नयाँ दलहरु र व्यवस्था विरोधी अभियान चलाएकाहरु समेत परे । नयाँ भनिएका दलहरु कार्यदिशाको हिसावले पुराना रहेको दाबी गर्दै उनले आगामी निर्वाचनसँगै उनीहरुको चुरीफूरी सकिने दाबी गरे ।

त्यसैगरी उनले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने दाबी गरे । प्रसाईंको नाम नलिई कसैकसैलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरुले देशभरबाट मान्छे उतार्ने तयारी गरेको उनको दाबी थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode