Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

जिल्ला प्रशासन काठमाडौंले बोलायो एमालेका नेता बस्नेत र दुर्गा प्रसाईलाई


ललितपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्षलाई छलफलका लागि बोलाएको छ । आगामी मंसिर ७ गते एमालेको राष्ट्रिय युवा संघ र प्रसाईँ पक्षले एकै ठाउँमा कार्यक्रम गर्ने तयारी थालेपछि प्रशासनले छलफलका लागि बोलाएको हो ।

पछिल्लो समय प्रसाईँ र एमालेबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । छलफलपछि दुवैलाई कार्यक्रम स्थल तोकिदिने तयारी रहेको बुझिएको छ । मंसिर ७ गते दुवै पक्षले माईतीघर मण्डलालाई कार्यक्रम स्थल दाबी गरिरहँदा सरकारले भने उक्त स्थानमा निषेधाज्ञा जारी गरेर कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोक्ने तयारी गरेको छ ।

जिप्रपा काठमाडौंले आज दिउँसो दुवै पक्षलाई बोलाएर कार्यक्रम र कार्यक्रम स्थलका बारेमा छलफल गर्ने भएको हो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode