Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

आन्दोलन सफल नभएसम्म घर फर्किन्न-प्रसाईँ


ललितपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए ।

यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ रु हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ रु अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए ।

यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।

हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि तर हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लियो उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode