Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

केपी ओली टी–२० कप,उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ


ललितपुर । पोखरामा आजबाट केपी ओली कप टी(२० क्रिकेट प्रतियोगीता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ गर्दै पोखरामा बिहीबारदेखि सुरु भएको केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका हुन् । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु प्रतियोगिताको उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा पुगेका हुन्।पोखरा रंगशाला भित्र रहेको क्रिकेट मैदानमा सुरु प्रतियोगितामा तिन विभागसहित ७ प्रदेश र आयोजकको दुई टोली गरि १२ टोली सहभागी छन्।

सहभागी टोलीलाई चार समुहमा विभाजन गरिएको छ।हरेक समुहको शीर्ष स्थानमा रहेका टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode