Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

दुर्गा प्रसाईं घरमै नजरबन्दमा, तीनकुनेबाट दुर्गा प्रसाईंका दुई दर्जन बढी सर्मथक पक्राउ


ललितपुर । नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंको तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । उनको पक्षधर दुईदर्जन बढी युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रसाईंको सुरक्षाका लागि प्रहरी निवासमा तैनाथ गरिएको बताए।उनले भने उहाँको निवासमा प्रहरी परिचालन मात्रै गरिएको हो । यो एक सातादेखिकै नियमित कार्य हो । तर नजरबन्दमा राखिएको छैन । प्रहरीलाई त्यस्तो निर्देशन पनि आएको छैन।

यस्तै प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । हिजो देखि ‘व्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् । उनकै निवासमा पत्रकार सम्मेलन गदै प्रसाँईले अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode