Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

नक्कली भुटानी शरणार्थी प्रकरण – खाँणका विषयमा राय बाझियो, रायमाझीलाई छाड्न अस्वीकार


ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ। जसले गर्दा उनीबारेको निर्णय अर्को इजलासले गर्नेछ।

यस्तै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेता टोपबहादुर रायमाझीलाई भने छाड्न अदालतले अस्वीकार गरेको छ। उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै उनलाई छाड्न अस्वीकार गरेको हो।

न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।

यस्तै शरणार्थी प्रकरणमा मुछिएका टेकनाथ रिजाललाई थुनामुक्त गर्न उच्चले आदेश दिएको छ। ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode