Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

रास्वपा फुट्ने कल्पनासमेत नगर्नुस् : तोसिमा कार्काी


ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद डा. तोसिमा कार्कीले रास्वपा फुट्ने कल्पनासमेत नगर्न सबैलाई आग्रह गरेकी छिन् । उनले मङ्गलवार बिहानै सामाजिक सञ्जाल मार्फत फेसबुकमार्फत २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गरेकी छन् ।

कार्कीले लेखेकी छन् ‘के रे के रे रु फुट्ने रे रु कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिँदैनम् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने । चौरासी त हुन्छ हुन्छ । हुनैपर्छ जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ । देश बनाउन हिँड्या हौँ, देश बनाउन । ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न ।

उनले २०८४ मा घण्टी बज्ने भन्दै आफ्नो पार्टीको महाअभियानमा जुट्नका लागि सबैलाई आग्रहसमेत गरेकी छन् । आफूले विधिको शासन भनेर सामाजिक सञ्जालमा लेख्दा फरक-फरक व्याख्या भएको भन्दै सबै ठाउँमा विधिको शासन स्थापित गरेर छोड्ने दाबीसमेत गरिन् ।

उनले लेखेकी छन् ‘घण्टी त बज्छ बज्छ चौरासीमै बज्छ बरु आउनुस् तपाईँहरू पनि यो महाअभियानमा नछुट्नुस् । विधिको शासन ?  ए ए, सबैले आ–आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ । विधिको शासन देशमै छैन हजुर । सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हरकतमा छैन । न्यायालयमै छैन । निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode