Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सार्वजनिक लेखा समितिको बैठक बस्दै, एनसेलबारे छलफल हुने


ललितपुर । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ। समितिको कार्यकक्षमा बैठक आज दिउँसो २ बजे बस्नेछ। आजको बैठकमा एनसेलको शेयर खरिद-बिक्रीबारे छलफल गर्ने कार्यसूची छ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको थियो। सोबारे दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिइएपछि एनसेलको शेयर खरिद(बिक्रीबारे लेखा समितिले प्रश्न उठाएको थियो।

सरकारले पनि एनसेलको शेयर खरिदविक्रीमा अनियमितता भएको शंका गर्दै छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। लेखा समितिको आजको बैठक सोही विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode