नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्यो सार्वजनिक

ललितपुर । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। तर अहिलेसम्म पक्राउ परेका १२ जनाविरुद्ध कोही कसैले पनि उजुरी नदिएको प्रहरी स्रोतले जानकारी दियो। रुस पठाउने गिरोहको कार्यालयबाट प्रहरीले नगदसहित विभिन्न कागजपत्रहरु बरामद गरेको छ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया