Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली


ललितपुर ।राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरेर विभागको सहायक निरीक्षकमा पदमा नियुक्ति लिएका थिए । केही समयपछि बढुवासमेत भएका उनले अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा लिएको अख्तियारको आरोप छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode