Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर महानगरभित्र फुटपाथ व्यापार निषेधको विरोधमा महानगर अगाडी ईःले उभिएर प्रदर्शन गर्ने


ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले बुधबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् ।ललितपुरको सपना नमार्न भन्दै उनले साँझ बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् ।

समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर शहरको आत्मा मार्ने काम नगर्न ईःले आग्रह गरेका छन् आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode