धनकुटामा केपी ओलीमाथि झापड कसले हान्यो ?
धनकुटा । मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई एक व्यक्तिले झापड हानेका छन् । धनकुटाको लेगुवामा ओलीमाथि आक्रमण भएको हो । महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।
ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
https://www.facebook.com/KhojMissionNews/videos/296098413424085
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया