Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौं महानगरले मनायो २९ औं स्थापना दिवस


ललितपुर ।काठमाडौं महानगरपालिकाले पहिलो पटक टुँडिखेलको सैनिक मञ्चमा २९औँ महानगर दिवस मनाएको छ।महानगरपालिकाले पहिलो पटक महानगर दिवस आज सैनिक मञ्चमा मनाएको हो।

नेपाली सेनाले उक्त ठाउँमा अन्य कार्यक्रमहरू आयोजना गर्न दिएको थिएन। तर, महानगरपालिकाले भने कार्यक्रम आयोजना गर्न पाएको छ। कार्यक्रममा प्रमुख अतिथिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। सैनिक मञ्चमा महानगर प्रहरीले परेड प्रदर्शन गरेको थियो। कला संस्कृतिसहितका झाकी प्रदर्शन भइरहेका छन्।

अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति छ। महानगरपालिकाले विभिन्न विधामा पुरस्कार तथा सम्मान पनि गर्दै छ भने झाँकीसहित भव्य रुपले महानगर दिवस मनाइरहेको छ। ​

महानगरपालिकाले मंसिर २५ गते नै उक्त विशेष औपचारिक कार्यक्रममा तोकिएकै पोशाकमा अनिवार्य उपस्थित हुन सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई उर्दी जारी गरेको थियो।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode