Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको मिल्क टुडेको सातसय लिटर दुधमा कपाल,माटो र बालुवाका कण-विभागले गर्‍यो नष्ट


ललितपुर । उपभोक्ताका लागि दैनिक उपभोग्य शक्तिवर्धक पेय पदार्थ दूधको गुणस्तरमा डेरी सञ्चालकहरुले गम्भीर लापरबाही गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको पछिल्लो एक सातामा गरेको बजार अनुगमनमा उपभोक्ताका लागि बजार पठाइने दूधमा कपाल, माटो र बालुवाका कणहरु पाइएको हो । यस्तै उपभोक्ताका लागि म्याद सकिएको दूध पुनः प्याक गरेर बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी एवम् प्रवक्ता आनन्द पोखरेलकाअनुसार बिहीबार ललितपुरको मिल्क टुडेको फ्याक्ट्री अनुगमनका लागि विभागको टोली पुगेको थियो ।अनुगमनका क्रममा म्याद सकिएर बजारबाट उठाइएका दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला पारेको थियो ।

करिब ७ सय लिटर हाराहारी दूधमा रौं, माटो, बालुवाको कण र दूधका फोहोर प्याकेटहरु थिए,’ पोखरेलले भने, ‘म्याद सकिएको खान नमिल्ने दूधलाई पुनः बजारमा पठाउन लागिएको अवस्थामा जफत गरेर नष्ट गरिएको छ । डेरी उद्योगलाई पहिलो पटक भनेर ३ लाख रुपैयाँ जरिवाना गरिएको पनि पोखरेलले बताए ।

विभागका अनुसार पछिल्लो समय बजार अनुगमनका क्रममा दुग्ध क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने गम्भीर किसिमका हेलचेक्रयाइँहरु देखा परेका छन् ।

 

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode