Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी


ललितपुर । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।  बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०-१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो ।  । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode