Techie IT
  • २५ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

पत्रकार ईश्वर महर्जनलाई “ललितपुर महानगर गौरव पुरस्कार”


ललितपुर । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ईश्वर महर्जनले “ललितपुर महानगर गौरव पुरस्कार” प्राप्त गरेका छन् । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महर्जनलाई १ लाख पुरस्कार राशीको पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पत्रकार महर्जनलाई दोसल्ला ओढाएर, १ लाख रुपैयाँ राशी र ताम्रपत्रबाट सम्मान गरेका थिए ।

ललितपुर महानगरका गतिविधि र समाचारलाई नेपाल टेलिभिजनमार्फत प्रचार प्रसार गरि महानगरलाई संसारभर चिनाउन उल्लेखनीय योगदान गरेवापत महर्जनलाई ललितपुर महानगरको गौरवको रुपमा पुरस्कृत गरिएको हो । ५४ वर्षिय पत्रकार महर्जन विगत २४ वर्षदेखि नेपाल टेलिभिजनको ललितपुर संवादाताका रुपमा कार्यरत छन्


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode