साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ : सभापति लामिछाने
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/12/rabi1672035841.jpg)
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले कृश्चियन धर्मको विषयमा दिएको अभिव्यक्ति सााजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकारको भएको भन्दै सभापति लामिछानेले सो प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लामिछानेले लखेका छन्, संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्तिसंस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ रु प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया