Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नापी कार्यालयका अमिन घुससहित पक्राउ


ललितपुर । नापी कार्यालय, नवलपरासी [बर्दघाट सुस्ता पश्चिम] का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। त्‍यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode