ईपीएस परीक्षार्थीले जलाए मन्त्री ज्वालाको सरकारी गाडी (तस्विर)

ललितपुर । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् । बालकुमारी–सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् । मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।
प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया