Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा सीडीओको जिम्मेवारी श्रेष्ठ र प्रहरी प्रमुखको जिम्मेवारी खनाललाई


ललितपुर । गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी [सीडीओ] को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई दिएको छ भने प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक [एसएसपी] शेखर खनाललाई दिएको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनालाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएको उपप्रधान एवम गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए

केहि दिन अघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षालाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode