भारतीय नम्बर प्लेटको जीप त्रिशुलीमा डुब्यो, चालक बेपत्ता

चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्डको त्रिशुली नदीमा जीप दुर्घना भएको छ । बिहान करीब साढे ५ बजे तिर उक्त सडक खण्डको ईच्छाकामना ५ तिन नम्बर पुल नजिक भारतिय नम्बरको बुलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
त्रिशुली नदीको पानी भित्र बत्ति बलेको जस्तो देखे पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यलय मुग्लिनवाट घटना स्थल तर्फ प्रहरी परिचालन गरीएको थियो । सडकबाट करीव ८० मिटर तल त्रिशुली नदी भित्र जीप खसेको हो ।
मंगलबार बिहान करीब पाँच बजेको समयमा जीप त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप पानी भित्र रहेको र घटना स्थलमा केही फेला नपरे पछि बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरीनटारवाट गोताखोर सहित आएका टोलीले पानी भित्र जीप रहेको पत्ता लगाएको थियो । बिपद् ब्यबस्थापन तालिम शिक्षालयवाट आएको टोलीले खोजतलासको क्रममा जीप भित्र मानिस नभएको पत्ता लागेको थियो ।
जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको थियो । दुर्घटना स्थालमा जीपको बाट खसेको बीआर ०९ जीआर १४३० नम्बरको प्लेट फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल रहेको जानकारी आएको छ । उनले बिहान पौने बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको बताएको जानकारी प्राप्त भएको हो । बोलेरोमा अन्य व्यक्ति नभएको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया