Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

२ लाख ५० हजार घुससहित सर्भेक्षक यादव पक्राउ,पाचँ वर्षमा ललितपुर नापीका ३२ कर्मचारी अख्तियारको फन्दामा

पौष २९ गते देखि सेवाग्राही सगँ निरन्तर घुसको डिल


ललितपुर । सेवाग्राहीको काम गरिदिने भनेर नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादवसहित ३ जना २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय समयपछि अपराह्न ४ः२० मा कार्यालयबाटै सर्भेक्षक यादवसहित लेखापढी ब्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालय समय ४ बजे हो । तर सर्भेक्षक यादव कार्यालय समयपछि ४ः२० सम्म कार्यालयमा बसेर सेवाग्राहीसँग घुस लिएर काम गर्न तल्लीन थिए । सोही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहले ती सेवाग्राहीसँग घुसको डिल गरेका एक कर्मचारीले खोजमिसन न्युज लाई जानकारी दिए ।

अख्तियारको टोली कार्यालय प्रमुख साहले नै घुस मागेको सूचना पाएर नापी कार्यलय ललितपुर पुगेको थियो । तर आयोगको टोली कार्यालयमा प्रवेश गर्नासाथ कार्यालय सहयोगी सावित्री बमले हतार हतार सूचना दिएपछि उनी मास्क लगाएर भागेका थिए । लेलेका सेवाग्राहीले पौष २९ गते देखि निरन्तर आफनो कार्य गरिदिनका लागि आग्रह गरेपनि यादवले आलटाल गदै उक्त फाईलको कार्य अगाडी बढाएका थिएनन् । सामान्य कार्यत्रका लागि समेत यादवले बारम्बार घुसको डिल गरेपछि सेवाग्राहीले अख्तिीयार गुहार्न बाध्य भएका थिए ।

अख्तियारले २ लाख ५० हजार घुससहित नियन्त्रणमा लिएका सर्भेक्षक यादव भक्तपुर नापी कार्यालयबाट महोत्तरी सरुवा भएका थिए ।महोत्तरीबाट गएको असोजमा फेरि उपत्यकाकै ललितपुरमा सरुवा भएर आए । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्षलाई पैसा बुझाएर उनी पुनः उपत्यकामा सरुवा भएर आएका हुन् । १० लाख बुझाएर उनी पुनः उपत्यकाको ललितपुरमा सरुवा भएर आएका थिए ।

पछिल्लो पाचँ वर्षमा ललितपुर नापीका ३१ कर्मचारी अख्तिीयारको फन्दामा
१ ललितपुर महानगरपालिका वडा नम्बर २८ र २३ को सिमानामा पर्न कर्मनाशा अथार्त कोडुकु खोलाको सावर्जिनक जग्गा ब्यक्तिका नाममा गरेको भन्दै तत्कालीलन ललितपुर नापी कार्यलयका बुद्धिमान जैसि सहित १७ जना विरद्ध २०७७ पुस २६ गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्धा दायर ।

२ ललितपुरको टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको भन्दै ललितपुरमा नापी अधिकृत राजन गिरी सहित सात जना विरद्ध २०८० भदौ १० गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्धा दायर ।

३ जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग रू. ३०,००० घुस लिएको अवस्थामा नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्ट २०७६ असार १ गते अख्तिीयार द्धारा पक्राउ

४ सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने ललितपुर नापी कार्यालयका तत्कालिन कार्यालय प्रमुख भरतसिंंह ऐर सहित ५ जना विरुद्ध २०७६ जेठ २३ गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्दा दायर

५ कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको अवस्थामा दुई लाख ५० हजार घुससहित रामविर यादव मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ।

 

 

 

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode