Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

मामाघर आश्रममा जाजरकोट भुकम्पपीडितका ३० अनाथ बालबालिकालाई आश्रय [तस्बीरमा हेर्नुहोस]


ललितपुर । जाजरकोटमा भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले मामाघर अनाथालय आश्रममा आश्रय पाएका छन । उनीहरुलाई सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी विहिवार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा रहेको मामाघर अनाथालय सपोर्ट एन्ड केयर आश्रयमा ल्याइएको हो ।

श्री बालयोगेश्वर बिजयमुर्ती महाराज र गोदवारी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सानुराजा घिमिरेले बाडेगाउँ स्थित आश्रममा ३० बालबालिका लाई स्वागत गरेका थिए । आश्रममा पन्चेबाजा सहित बालबालिकाहरु लाई स्वागत गदै आश्रमका संस्थापक अध्यक्ष एंवम विश्व विश्यात गुरु श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले आश्रममा आएका बालबालिकालाई निशुल्क गाँसबास, शिक्षा तथा स्वास्थ्यलगायत सम्पूर्ण जिम्मेवारी आश्रमले लिने जानकारी खोजमिसन न्युज लाई दिए ।

भुक्कपका बेला सम्पुर्ण श्रेत्र ले जाजरकोटमा गएर सामाजिक कार्य गरेपनि बालबालिकाका क्षेत्रमा भने सबैको ध्यान गम्भीरता पुर्वक पुग्न नसकेको जानकारी आफुले पाएको र आश्रमले त्यस्ता बालबालिकाको खोजी र पहिचान गरी आश्रममा ल्याई सम्पुण ब्यवस्था मिलाएको समेत बताए ।

उनले बालबालिकालाई जाजरकोट देखि काठमान्डौ सम्म ल्याउन सहयोग खेल्ने स्थानिय सरकार देखि सम्पुर्ण निकाय लाई धन्यवाद समेत दिए । १७ जना बालक र १३ जना बालिका लाई बिहिवार बाडेगाउँ आश्रममा जिम्मा लगाईएको हो । सो आश्रममा ३८ जना विभिन्न जिल्लाका बालबालिकाले आश्रय लिदै आएका थिए अब सो आश्रममा बालबालिकाको सख्याँ ६८ पुगेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode