Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रधानमन्त्री प्रचण्ड र क्वात्राबीच के भयो कुराकानी ?


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्रा बीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।

सोमबारै बिहान काठमाडौं आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुगेका थिए । भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै नेपाल र भारतका विदेश सचिवस्तरीय बैठकमा आपसी हित र चासोबारे छलफल भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन बैठकका लागि याक एन्ड यती होटेलमा पुगेका थिए । नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले बैठकको नेतृत्व गरेका थिए ।

बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको विषयमा कुराकानी भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आज दिवा भोजको आयोजनासमेत गरेको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode