कर्मचारीलाई प्रधानमन्त्रीको यस्तो छ आग्रह, अर्थतन्त्रबारे सन्तुष्ट

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्त्वपूर्ण रहेको बताए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखा परेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताए । यसैबीच अर्को एक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाल सरकारले अवदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् ।
शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटको प्रभावकारी कार्यान्वयन गर्न अव सरकारले बजेट बनाउने तरिका बदल्ने बताएका ुहन् । आगामी जेठमा आउने आर्थिक बर्ष २०८१÷०८२ को बजेट बक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरु संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उहाले बताए । मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको दाबी गरे ।
रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया