सहकारीको रकम हिनामिना गरेका इच्छाराजलाई ३ वर्ष कैद, बिगो र जरिवाना गरी साढे ३ अर्ब तिर्नुपर्ने

काठमाण्डौ । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको छ । साथै उनलाई एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश समेत अदालतले सुनाएको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ ।
इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ । इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया