Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

नीति निर्माणमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व गराउन आवश्यक : प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व गराउन आवश्यक पहल गर्ने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जनसंख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा सरकारको तर्फबाट आवश्यक पहल हुने आश्वासन दिएका हुन् ।

आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उनको भनाई छ । प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने धारणा राखे । त्यस्तै आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिहरुको अधिकार स्थापीत गर्न आवश्यक नीति बनाउनुपर्ने बताए ।

उनले राज्यका संवैधानिक निकायहरुलाई स्रोत साधन उपलव्ध गराउनुपर्ने र आयोगका सिफारिस कार्यान्वयन हुनुपर्ने धारणा राखे । स्थापना दिवसका अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode