Techie IT
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

सहकारी बचाउन माग गर्दै सहकारी महासंघको कार्यालयमा धर्ना तथा घेराउ


काठमान्डौ । सहकारीकर्मीले सहकारी क्षेत्र बचाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् । ५०० सहकारीकर्मीले सहकारी बचाउ राष्ट्रिय अभियानको ब्यानरमा महासंघको कार्यालय बाहिर नाराबाजी गरेका हुन् , विद्यमान असहज परिस्थितमा महासघंले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका थिए । उनीहरूले महासंघका अध्यक्ष मीनराज कँडेललाइ १३ बुँदे मागपत्र बुझाएका थिए ।

यस्ता छन मागपत्र ः

यस्तो छ १३ बुँदे मागपत्र

१ सहकारी क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्यालाई सामुहिक समस्याका रूपमा स्वीकार गर्दै राज्य र अभियानका तर्फबाट समाधानका लागि तत्काल आवश्यक संवोधन गर्नुपर्ने ।

२ सन्दर्भ ब्याजदर तत्काल खारेज गरि ब्याजदर स्वतन्त्र रूपमा बजारलाइ नै निधार्रण गर्न दिइनुपर्ने ।

३ तरलता संकट व्यवस्थापनका लागि राज्यले कोषको व्यवस्था गर्नु पर्ने ।

४ कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण तत्काल स्थापनाका लागि पहल गर्नु पर्ने ।

५ ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रमार्फत रोक्का गर्ने व्यवस्था तत्काल लागु गर्ने ।

६ व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरि सहकारी ऐन संसोधन गर्न लागिएकोमा विरोध एवम् दबाब सिर्जना गर्ने ।

७ प्रारम्भिक संस्थाका संचालक, व्यवस्थापक र कमर्चारीलाई निरबाध रूपमा त्रासमुक्त रूपले संस्था संचालन गर्ने वातावरण हुनुपर्ने ।

८ सदस्यहरूको बचत सुरक्षाका लागि आश्वस्त हुने वातावरणका बनाउन लागि सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

९ ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप गर्नका लागि दबाब दिने ।

१० संस्था संचालनका लागि आवश्यक वातावरण बनाउन कुलिङ पिरोड घोषणा गर्नुपर्ने ।

११ सहकारी नियमनका लागि क्भअयलम त्ष्भच क्ष्लकतष्तगतष्यल को स्थापना गर्नुपर्ने ।

१२ सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

१३ सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि यस आघि महासंघद्वारा गठित समितिहरूका काम प्रभावकारी र परिमाणमुखि हुनुपर्ने ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode