Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको इमाडोलमा आमाले छतबाट हाम फालिन्,कोठाभित्र दुई बच्चा पनि मृत भेटिए


ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं। ३ इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फालेपछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।

यस्तै घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode