Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सितापाइला घटनाको नालीबेली : तीन जनाको हत्यापछि आत्महत्या


काठमाण्डौ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र दुई बालिकाहरु छन् ।
ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया नतिनी शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुको राजु घिमिरे भन्ने काजी विकले हत्या गरेर आफूले आत्महत्या गरेको पाइएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजले नागार्जुनको जंगलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएका थिए ।

राजु र ईश्वरीको १५ वर्षका छोरा र ८ वर्षकी छोरी अनिशा थिए । अरु दिनझैं बुधबार बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् । राजुले १५ वर्षका छोरालाई भने १०० रुपैयाँ दिएर गुलमारी किन्न पसल पठाएका थिए ।

त्यसपछि घरमा भएका तीन जनाको हत्या गरे । बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै छोरा र ससुरालीमा फोन गरेको पाइएको छ ।

हत्या राजुले नै गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी थाल्यो । तर घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode