Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड, सडकमै सुते आन्दोलनकारी


काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए । सि‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो । उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू शुक्रवार आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode