तीन जना विनाबिभागीय मन्त्री, भागबण्डा मिलाउन छलफल

काठमाण्डौ । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए । सपथ अघि नयाँ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास वालुवाटारमा छलफलमा थिए ।
मन्त्रालय र मन्त्रालयको संख्याको भागबण्डा मिलाउन नेताहरु छलफल जुटेका हुन् । महत्वपूर्ण मन्त्रालय कसले लिने र कुन दलले कति वटा मन्त्रालय लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रमा समिकरण बदलिएसँगै प्रदेश सरकारमा पनि नयाँ समिकरण बन्ने भएको छ । भागबण्डा वा आलोपालो गरेर संघ र प्रदेशमा गठबन्धन गर्ने चार दलको तयारी छ । ६ सिट रहेको जनमत पार्टी पनि गठबन्धनमा सामेल हुने रणनीतिमा छ ।
तर जसपासँग विवाद गरेको जनमतले मधेश प्रदेश सरकारको नेतृत्वबाट जसपालाई हटाएर आपूहरुलाई मुख्यमन्त्री पद दिनुपर्ने शर्त राखेको छ । उता जसपा पनि कुनै हालतमा मुख्यमन्त्री अरुलाई नदिने अडानमा छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया