चार दलबीच ८ बुँदे सहमति, यस्तो छ भागबण्डा

काठमाण्डौ । नयाँ गठबन्धनका चार राजनीतिक दलबीच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ । सोमबार राति भएको सहमति अनुसार रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने दलहरुबिच सहमति भएको हो ।
सहमतिमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने भनिएको छ । त्यसैगरी आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । गठबन्धनसँग सकारात्मक दलसँग संवाद अघि बढाउन पनि चार दल सहमत भएका छन् । संक्रमणकालिन न्यायसम्बन्धी विधेयक र संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्ने भनिएको छ ।
सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालले हस्ताक्षर गरेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया